Friday, July 20, 2012

कस्तो छ नेपालमा लागुपदार्थको अवस्था??


कुनै समय वसन्तपुर दरबार स्क्वायर छेवैको झोंछे लागूपदार्थ पाइने र प्रयोग गर्ने थलोका रूपमा चिनिन्थ्यो। स्वदेशी त थिए नै, विदेशीहरू  पनि झोंछे पुगेर पर्याप्त मनोरञ्जन लिन्थे। यसलाई विदेशीहरूले कुनै समय लागूपदार्थ प्रयोगका लागि उपयुक्त गन्तव्य मान्दै पि|mक स्टि्रट  समेत भन्थे तर अहिले समय फेरिएको छ। झोछंेबाट सुरु भएको लागूपदार्थको कारोबार र प्रयोगको झट्का राजधानी हुँदै देशका प्रमुख  सहरसम्म पुगेको छ। राजधानीको गोंगबु, बुद्धनगर, मैतीदेवी, कपन, ठमेल, डल्लु, कालीमाटी तिर केन्दि्रत लागूपदार्थको बजार अहिले  जावलाखेलतिर सरेको बताइन्छ। लागूपदार्थविरुद्ध कार्यरत संस्था नार्कोनन, नेपालले जनाएअनुसार हाल देशका प्रमुख सहरमा पनि लागूपदार्थको
 व्यापार र प्रयोग हावाको वेगमा फैलिरहेको छ।

राजधानीमा मात्र लागूऔषध दुव्र्यसनीको संख्या २७ हजार रहेको तथ्यांक नार्कोनन, नेपालसँग छ। हाल नेपालमा करिब १ लाख ५० हजार  लागूऔषधका दुव्र्यसनी छन् र तीमध्ये १ लाख ७ हजार स्कुले जीवनदेखि नै लागूपदार्थको कुलतमा परेको अनुमान गरिन्छ। नार्कोनन, नेपालले  बताएअनुसार ८२ प्रतिशतले कक्षा ८ देखि प्लस टुबीचमै लागूपदार्थ सेवन गर्न थालेको बताएका छन्। त्यसैले कक्षा ८ देखि प्लसटु बीचका  विद्यार्थी लागूपदार्थको उच्च जोखिममा छन्। राजधानीबाहेक देशका विभिन्न सहरमा पनि लागूपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढेको छ।  लागूपदार्थ महँगो पर्ने भएकाले धनी सहरहरू नै व्यवसायीहरूको टार्गेटमा पर्ने गरेका छन्। त्यसैले यसको जालोमा पोखरा-धरान जस्ता पनि  पर्ने गरेका छन्। लागूऔषध प्रयोगमा पुरुष ८० प्रतिशत र महिला २० प्रतिशत छन्। ९० प्रतिशत पुरुष संगतका कारणले र १० प्रतिशत  उत्सुकता र फेसनका कारणले दुव्र्यसनी बनेका छन्।

युवतीहरू भने १० प्रतिशत आफ्ना केटी साथीका कारण, १० प्रतिशत डिप्रेसन र ८० प्रतिशत आफ्नो ब्वाइप|mेन्डका कारण दुव्र्यसनी बनेका  छन्। नार्कोनन, नेपालका संस्थापक वसन्त कँँुवर भन्छन्- 'युवाहरू साथीभाइको संगत र उत्सुकताले लागूपदार्थमा फस्ने सम्भावना बढी हुन्छ,  लागूपदार्थसम्बन्धी शिक्षाको कमीले पनि यस्तो भएको हो।'

नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागूपदार्थ वितरण गर्ने सञ्जाल भने देखिएको छैन तर थुप्रै  युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन दुई, रात चार गुणाले बढिरहेको छ। एक लागूऔषध दुव्र्यसनीले ३ जनाजतिलाई  प्रभावित पार्ने सम्भावना रहेको तथ्यांकले देखाएको छ। त्यसैले पनि दुव्र्यसनीको संख्या घट्नेभन्दा बढ्ने सम्भावना तीन गुणा रहन्छ। लागूऔषध  नियन्त्रण कानुन कार्यान्वयन एकाइ बानेश्वरका डिएसपी रवीन्द्र रेग्मी भन्छन्— 'गोप्य रूपमा हुने भएकाले यसको कारोबार बढिरहेको अवस्था  छ।'

फैलँदो जालो 

विश्वमा लागूऔषधको प्रभाव बढ्दै गएको तथ्याक संयुक्त राष्ट्रसंघको लागूपदार्थ तथा अपराध कार्यालयले सार्वजनिक गरेको तथ्यांकले पनि  बताएको छ। लागूपदार्थको विश्वव्यापीकरणको प्रभाव नेपालमा पनि परेको छ। मुख्यतः नेपाल लागूऔषधको ट्रान्जिट प्वाइन्ट बनेकाले पनि  त्यसको प्रत्यक्ष असर परेको हो। लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ बानेश्वरका डिएसपी रवीन्द्र रेग्मीका अनुसार नेपाल भएर थुप्रै  महँगा लागूऔषध बाहिरिने गरेका छन्। तस्करहरूले नेपालको बाटो हुँदै लागूपदार्थ विश्व बजारसम्म पुर्याँउने गरेका छन्। नेपालमा त्यस्तो  लागूपदार्थ अफगानिस्तान, पाकिस्तान, भारत बर्मा, लाओस र थाइल्यान्डबाट ल्याइन्छ।

नेपालका औसत दुव्र्यसनीले गाँजा, चरेस, गैरकानुनी औषधी एवं ब्राउनसुगर प्रयोग गर्छन्। महँगा लागूऔषध भने यहाँबाट अन्य मुलुकका  लागि निर्यात गरिन्छन्। नेपालका लागि आउने लागूपदार्थ भने भारतबाटै बढी ल्याइने सम्बन्धित निकायहरूको दाबी छ। भारतको उत्तर प्रदेश,  मध्यप्रदेश र राजस्थानमा अफिम खेती गरिन्छ। विश्वमै फैलिरहेको लागूपदार्थको जालोले दक्षिण एसियामा रहेका मुलुकलाई छुन्छनै त्यस माथि  नेपालजस्तो सानो मुलुकलाई विश्वमै लागूऔषध निर्यात गर्ने दक्षिण एसियाका मुलुकको वायुले छोएको छ। सार्क राष्ट्रहरू भारत, पाकिस्तान र  अफगानिस्तान विश्वमै लागूऔषध उत्पादन र कारोबार हुने स्थानका रूपमा परिचित छन्। कमजोर कानुन र गरिबीको अवस्थाले नेपालमा  यसको प्रभाव बढेको विज्ञहरू बताउँछन्। नेपालमा पनि यही क्रमले लागूऔषधको प्रयोग हुँदै जाने हो र डिलरहरूको सञ्जाल यसरी नै  विस्तार भैरहने हो भने नेपाल पनि यसको जालोमा फस्ने निश्चित छ। तराईका केही भेगमा खुल्लारूपमा अफिम खेती हुनुले पनि नेपालमा  लागूऔषध उत्पादन भैरहेको तथ्य बाहिर आउने गरेको छ।

नेपालमा बारा, पर्सा र मकवानपुरमा अफिम उत्पादन हुने कुरा बताइँदै आएको छ। यी ३ जिल्ला गाँजाखेतीका लागि पनि चिनिन्छन्। यसले  पनि नेपाल लागूपदार्थ उत्पादनको केन्द्र बन्ने क्रममा रहेको अवस्था छ। जानकारहरूका अनुसार दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न  पनि नेपालमा अफिम उत्पादन हुने गरेको छ। यसरी नै अहिलेको जस्तै अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तानझै अफिम  उत्पादनको केन्द्र बन्ने सम्भावना छ। नेपालमा पाइने र उपलब्ध हुने लागूपदार्थ छिमेकी मुलुक भारतबाटै आउने लागूऔषध नियन्त्रण कानुन  कार्यान्वयन एकाइ नयाँबानेश्वरका डीएसपी रवीन्द्र रेग्मी बताउँछन्। वीरगन्ज नाकाबाट बढी लागूपदार्थ नेपाल भित्रिन्छ।

खुला सिमाना कारण भारतको जोगवनी, पानीटंकी, लखनउ, गोरखपुर, सोहरातगढ, बढनी, अलीगदवाबाट बोर्डर सुनौली, कृष्णनगर, दचिडी,  भादगंगा, रंगपुर, विम्ली हुँदै लागूपदार्थ नेपाल भित्रिन्छन् र पशुपतिनगर, काँकडभिट्टा, भन्टावारी, विराटनगर, इटहरी, वीरगन्ज, भैरहवा, क ृष्णनगर, धरान तथा दमकसम्म पुग्छन्। त्यसैगरी लागूपदार्थ पाल्पा, बुटवल, दाङ र पोखरासम्ममा पनि पुग्छ। राजधानिमा पनि देशका विभिन्न  स्थानबाट लागूपदार्थ पुग्छ।

भारतका डिलरहरूले लागूपदार्थ नेपालको सिमानासम्म ल्याइदिन्छन्। त्यहाँबाट भने नेपाली लागूपदार्थ डिलरहरूले स्थानीय स्तरमा पुर्यामउँछन्,  जानकारहरूका अनुसार नेपाली डिलरहरूले पेट्रोल ट्यांकरमा लुकाएर, भाडाको गाडीमा हालेर लागूपदार्थ राजधानी ल्याउने गरेका छन्।  राजधानी ल्याइएको लागूपदार्थ टुक्रे डिलर मार्फत दुव्र्यसनीसम्म पुग्छन्। नेपालमा ल्याइने र अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने लागूपदार्थको डिल  भारतमा हुन्छ। वर्तमान अवस्थामा लागूपदार्थको कारोबार जोगवनी, काँकडभिटा, कपिलवस्तु, सुनौली र भारतको सीमा क्षेत्रमा बढेको  बताइन्छ। साना पसल, मोटरसाइकल मर्मत स्थल एवं क्लिनिकहरूमा लागूपदार्थ बिक्रीवितरण गरिन्छ। डिलरले आफूसँग सम्पर्क भएका दुव्यर् सनी र दुव्र्यसनीका साथी-भाइलाई गोप्य रूपमा लागूपदार्थ बिक्री गर्छन्।

 उनीहरू दैनिक स्थान परिवर्तन गर्दै आफ्नो व्यापार गर्छन्। मोबाइलमा डिलरलाई ग्राहकले कल गरेपश्चात् कुनै स्थानमा भेटेर लागूपदार्थको  कारोबार हुन्छ। अहिले भने मोटरसाइकलबाट पनि कारोबार हुने गरेको नयाँ तथ्य बाहिर आएको छ। मोबाइलमार्फत सम्पर्क भएपछि  विश्वासका आधारमा ड्रग डेलिभरी गर्छन्। मुख्यतः उनीहरूबाट ब्राउनसुगर, बुप्रेनफिर्न, डायजोपाम, सिसप्याक, पोक्सीवन, नाइट्रोसिन, कोरेक्स,  ब्लाक, गाँजा र चरेस बिक्री गरिन्छ। लागूपदार्थको मूल्यको कुनै सीमा हुँदैन। लागूपदार्थको अभाव र आवश्यकताअनुसार डिलरले त्यसको मूल्य  तोक्छन्। भारतमा ५० रुपैयाँ पर्ने लागूऔषध नेपालमा ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ। 

No comments:

Post a Comment