हामीले एक हप्ता अगाडि बेसार के हो? र यसको उपयोगिता । भन्ने बिषयमा कुरा गरेका थियौ र आज तेही बेसार बहुउपयोगी पनि छ भन्ने बारेमा कुरा गर्दै छौ। एक छिन हेरौ परेला डट कम।
बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ।
एक रिपोर्ट अनुसार साधारणतया बजारमा प्राप्त हुने बेसारमा करिब २-८% कर्कुमिन हुन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भए, विशेष गरेर क्यान्सर नियन्त्रण (cancer chemoprevention), हृदय रोग (cardiovascular diseases) अनि बाथ (arthritis) मा। पब-मेड (pubmed) मा मात्रै कर्कुमिन सम्बन्धी करिब ११,०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएको पाइयो। यसले यसको बढ्दो महत्वलाई प्रस्ट परेको छ।
कर्कुमिन एउटा पोलिफेनोल (polyphenol) वर्गको केमिकल हो, जसले क्यान्सरको पूर्व नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। धेरै जनावरसँगको अनुसन्धानहरुले यो देखाउँछ कि कर्कुमिन मलासय (colon), पेट (stomach), मुख (oral) र स्तन (mammary) क्यान्सरको विरुद्धमा लड्ने गर्दछ।
कर्कुमिनको फेज (phase) १ क्लिनिकल प्रयोग (clinical trial) गर्दा यो देखिन्छ कि नियमित कर्कुमिन मिसिएको खाना लामो समयसम्म लिएमा colerectal क्यान्सर हुने कम सम्भावना हुन्छ।
कसरी यसले क्यान्सर नियन्त्रण गर्ला भन्ने प्रश्नमा धेरै अनुसन्धानहरु भएका छन्, धेरै तरिकाहरु मध्ये एउटा तरिका चाहीँ क्यान्सर कोषहरुलाई मार्नु नै यस रोगको अनियन्त्रित विकास हुनबाट बचाउनु हो, जुन प्रक्रियालाई वैज्ञानिकहरु अपोप्तोसिस (apoptosis) भन्ने गर्छन्। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोग्लाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन वा बेसार धेरै प्रभावकारी एन्टी-ओक्सिदान्त (anti-oxidant) हो र यसको नियमित प्रयोगले हाम्रो शरीरमा उत्पादन हुने फ्री र्याोडिकल (free radicals) जो अत्यन्तै विषालु पनि हुन सक्छन्, तिनीहरुलाई निस्क्रिय पार्दछ। साथ-साथै यसले रगतमा कोलेरेस्त्रोल (cholerestrol) को मात्रालाई बढ्न दिँदैन र उच्च-रक्तचाप अनि हृदय सम्बन्धी रोगलाई नियन्त्रण गर्छ।
कर्कुमिन बाथको (arthritis) अचूक औषधि मानिन्छ। यो शक्तिसाली दुखेको नियन्त्रण (anti-inflammatory) गर्ने पदार्थ हो। यसले घुंडाको दुखाई (joint pain) लाई सुधार गर्छ। यस कार्यमा बेसार वा कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायम (enzymes) लाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। यसको असर हामीलाई थाहा भएका दुखाई नियन्त्रक औषधी जस्तै इन्दोमेथासिन (indomethacin) को सामर्थसँग तुलना गर्न सकिन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने एस्तेरोइड (steroid ) वा नन-एस्तेरोइड (non-steroid ) जस्ता महंगा औषधी लाभभन्दा बढी हानिकारक हुन्छन्, यदि लामो समयसम्म लिने हो भने। यसका अतिरिक्त, बेसारको नियमित प्रयोगले बुढ्यौलीमा हुने अल्ज्हेइमेरको रोग (Alzheimer ‘s disease) हुने सम्भावना कम हुन्छ। सायद हामी कहाँ यस रोगबाट पीडित पश्चिमका मुलुकभन्दा कम भएको कारण भोजनमा बेसारको अत्यधिक प्रयोग हुन सक्छ।

No comments:
Post a Comment