फुलस्टप मेरो करिअरमा भयंकर लाग्नेवाला छ । 'फुलस्टप' पछि त न्यु बिगिनिङ हुन्छ नि । जहाँ फुलस्टप लाग्छ त्यहाँबाट अर्को नयाँ सुरुवातको सफलता हुन्छ भन्नेमा विश्वास गर्छु । यसपछि पनि 'म्यारी मी' र नाम राख्न बाँकी अर्को फिल्म गर्दै छु ।माथिका यि कुराहरु चपली गर्लका हुन।
अर्को प्रश्न्मा चपली गर्ल।
उहाँहरूलाई प्रस्ट पार्न चाहन्छु कि विनीताले किस सिन दिएर मात्र चर्चा कमाएकी होइन । 'चपली हाइट' मा जोखिम लिएर काम गरेको पक्कै हो । ज्वालामुखीतर्फ सिधा गइरहेको म अहिले त्यहाँ पुग्नुअघि नै यू-टर्न मारेर फर्किएकी छु । तर उहाँहरू त सिधै ज्वालामुखीमा जानु भएको छ । आवश्यकतामा हो भने अहिले पनि मलाई कुनै पनि दृश्य दिन आपत्ति छैन । तर जबरजस्ती राखिएको हो भने त्यसमा समस्या हुन्छ । त्यस्तोमा काम गर्दा पर्सनल लाइफ र प्रोफेसन दुवैलाई बिगार्छ । त्यसमा मैले पढेर बुझेर काम गरेकी थिएँ । डिफेन्स गर्न सक्ने आँट पनि थियो ।
तेस्तै एक अर्को प्रश्नमा बिनिता।
यसमा बिनी कतै पनि नदेखियोस्, प्राशु नै देखियोस् भन्ने प्रयास गरेकी छु । बोल्डनेस भने यसमा पनि छोडेकी छैन । मलाई कुर्ता र सारी दुवैमा सेक्सी देखिन्छ । सेक्सी देखिनैका लागि वा कसैलाई आकर्षित गर्न सर्ट, स्कर्ट वा बिकिनी नै लगाउनुपर्छ वा टपलेस हुनैपर्छ भन्ने लाग्दैन । बरु अघिल्लो फिल्ममा जे-जति कमजोरी थिए, यसमा सुधार्ने प्रयास गरेकी छु ।
हेरौ उनको फुलस्टप कस्तो हुने हो।
No comments:
Post a Comment