घाँटीमा
सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार
गरिने भएको छ । पाँच बर्ष अघि आवाज भन्ने फिल्मबाट फिल्म नगरीमा पाईला राखेकी
जेसिका चर्चित कलाकार हैनन् तर कलाकारको नजरमा उनी पनि अरु सरह समान रहेकाले
चलचित्र कलाकार संघले श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको हो ।
'भोली बुधबार बिहान ८ बजे चलचित्र बिकास बोर्डमा उनको श्रद्धाञ्जली
कार्यक्रम तय भएकाले यहि खबर मार्फत सम्पूर्ण फिल्मकर्मीलाई श्रद्धाजलीमा उपस्थित
हुन अनुरोध पनि गर्दछु', शिक्षण
अस्पताल महाराजगंजमा भेटिएका संघका महासचिव नवल खड्कालेभने ।
पाँच
बर्षअघि गायक प्रकाश ओझाले फसाएको सेक्स टेप प्रकरणमा मुछिएकी जेसिका सोही समय देखि तनावमा
रहने गरेको उनको पारिवारले जनाएको छ । छोरीको सो अवस्था थाहा पाएपछी जेसिकाको सानो बुवा र एक
आफन्त ईटहरीबाट काठमाण्डू आएका थिए । उनका सानो बुवा बोल्न नसक्ने अवस्थामा थिए ।
जसलाई अचानक फिल्मका प्रोड्यूसर सरोज शर्माले सम्हालेका थिए । पोष्टमार्टम हुनु पूर्व छोरीलाई सुम्सुम्याउँदा
जेसिकाको सानो बुवाको आँशु धारा रोकिएको थिएन । जेसिकाको आमाको पनि केहि दिन अघि मोटरसाईकल दुर्घटनामा गोली
गाठोमा ठूलो चोट लागेको र फुपु दिदीको पनि पत्थरीको अप्रेसन गरिएकाले पारिवारमा
तनाव भएको उनको सानो बुवाले भावव्हिवल हुँदै मिडिया सामुन्ने भने ।

पूर्वाचल ईटहरी-७ फुलवारी चौककी (ज्योति) नाम परिवर्तन गरि जेसिका बनेकी उनी काठमाण्डूको बसन्तपुरमा १६ बर्षे भाई यूनिकका साथ डेरा गरी बस्दै आएकी थिईन् । भाई यूनिकले रातको १० बजे सम्म हासिखुशी रहेको दिदीलाई बिहान एक्कासि यो अवस्थामा देख्दा चकित भएको बताए । जेसिकाको आत्महत्यालाई हत्या भनिएको बिषयमा फैलिएको खबर हुन नसक्ने यूनिकले बताए । उनले भने, 'चेन गटेमा चावी लगाएर सुतेका थियौं अनि झ्यालमा पनि ग्रिल भएकाले कसैले भित्र छिरेर त्यस्तो गर्न सक्दैन ।'
सोमबार राति लाष्ट कल प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग भएको पाईएपछी प्रहरीले आवश्यक अनुसन्धान गरी राईलाई छाडि दिएको छ । उनीसंग प्रहरीले के कस्तो बयान लियो त्यो सार्वजनिक गरिएको छैन । यध्यपी जेसिकाको भाईका अनुसार जेसिकाले नै बालदीपलाई फोन गरेको रेकर्ड छ । दिदीको मंगलबार साँझ सम्मको अवस्था बारे उनले भने, 'दिदीलाई बेला बेला पुराना कुराले तनाव दिने गर्थ्यो जसकारण उहाँ रिसाएको बेला दश मिनेट सम्म जो कोहीलाई अघि देख्दा चिथोर्ने गर्नुहुन्थ्यो । रिसाएको बेला उहाँलाई कसैले रोक्न सक्दैन थियो पछि आफै बेहोस हुनुहुन्थ्यो अनि सव थोक फेरी ठीक हुन्थ्यो ।'
जेसिकाले
सो दिन एक साथिलाई पनि भेटेर रमाईलो गरेकी थिईन् । 'कहिलै माक्स नलगाउने उ हिजो दिउँसो मसंग सपिङ गर्न जाँदा
विना माक्स आएकी थिई र चिया खाँदा पनि नजिकै आएर खा भनेकी थिई । अनि कहिलै अंगालो
नहाल्ने उसले मलाई अंगालो हालेकी थिई', जेसिकाको
नजिकको साथी अस्मिता गिरीले भनिन् ।
आफ्नो
पछिल्लो फिल्म लक्की सेभेनमा सुटिङ भई रहँदा बेला बेलामा एक्लोपन महसुस गर्ने गरेको
प्रोड्यूसर बाबु बलामीले भनाइ छ । २३ बर्षे जेसिकाले यो पाँच बर्षको अवधिमा आधा दर्जन म्यूजिक भिडियो
र त्यतिकै संख्यामा फिल्म खेलेकी थिईन् । उनीद्धारा अभिनित फिल्म जंगल क्वीन,
अचानक, मेरो माया तिमीलाई ,जंगल लभ, लक्की सेभेन र
गहिराई हो । गहिराईको सुटिङ केही साता अघि सकिएको थियो भने लक्की सेभेनको डविङ
हुन बाँकी छ ।
'यो खबर
समग्र उद्योगसंग जोडिएको दुखद खबर हो त्यसैले उनले किन आत्महत्या गरिन हाम्रो गम्भीर
प्रश्न छ', महिला चलचित्रकर्मी
मंचकी अध्यक्ष मौसमी मल्लले भनिन् । उनी सहित सो संस्थाका प्रतिनिधी रुपा राना विमला केसी
घण्टौ सम्म
अस्पताल परिसरमा थिए । यसैगरी चलचित्र संघका महासचिव प्रदीप उदयले जेसिकाको आत्महत्याको
खबरले आफ्नो संस्था मर्माहित भएको बताए । चलचित्र निर्माता संघ, निर्देशक समाज, द्धन्द संघ लगायतका प्रतिनिधिले पनि जेसिकाको खबरले आफूहरुलाई दुखित
बनाएको बताएका छन् ।
पोष्टमार्टम रिपोर्ट मिडियालाई नदिईएकाले जेसिकाको आत्महत्याको आधिकारिक कारण खुलिसकेको छैन ।
पोष्टमार्टम रिपोर्ट मिडियालाई नदिईएकाले जेसिकाको आत्महत्याको आधिकारिक कारण खुलिसकेको छैन ।

No comments:
Post a Comment