Friday, March 23, 2012

विश्वकै पातलो नोटबुक


 सामसङले विश्वकै सबैभन्दा पातलो भएको दाबी सहित नयाँ नोटबुक सार्वजनिक गरेको छ । 
 दक्षिण पश्चिम एसियाली मुलुकमा २०१२ मा सार्वजनिक हुने उत्पादनबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमममा यसलाई पहिलो पटक प्रदर्शन गरिएको छ ।

सिरिज ९ अन्तर्गतका नोटबुक विकास गर्न कम्पनीले ३३ हजार घन्टा समय खर्चेको जनाएको छ ।
'३३ हजार घन्टा डिजाइन र विकासमा खर्चेर यसलाई बनाइएको हो,' सामसङ इन्डियाका आइटी निर्देशक उदय भट्टले भने, 'यसमा खर्च भएको समय र मेहनतले प्रयोगकर्तालाई नयाँ सन्तुष्टि दिने छ ।'
कम्पनीका अनुसार १५ इन्चको नोटबुक करिब १ किलो तौलको छ । यसको मोटाइ १२ दशमलव ९ मिलिमिटर छ । 'नोटबुक आफ्नो प्रतिस्पर्धीको तुलनामा २१ प्रतिशत पातलो र २८ प्रतिशत सानो छ,' भट्टले भने । नोटबुकले सञ्चालन समयलाई पनि घटाएको छ । कम्पनीका अनुसार यी नोटबुक ९ दशमलव ८ सेकेन्डमा खुल्ने (पावर अन) र १ दशमलव ४ सेकेन्डमा पुनः खुल्ने (बेकअप) छन् । इन्टेलकोर आई सेभेन प्रोसेसर राखिएको नोटबुक अल्मुनियमले बनाइएको छ । नेपाली बजारमा करिब २ महिनाभित्र यो सार्वजनिक गर्ने तयारी छ ।
सामसङले नोटबुक सहित वातावरण, आकार र प्रविधिलाई ध्यानमा दिएर नयाँ घरायसी उपकरण पनि सार्वजनिक गरेको छ । यसै अन्तर्गत ३१ प्रतिशतसम्म विद्युत् खपत कम गर्ने एस क्रिस्टल प्लस नामक एयरकन्डिस्नर पनि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यसले कम विद्युत् खपत गर्दै आवश्यकता अनुसार आफंै कोठाको तापक्रमलाई नियन्त्रणमा राख्ने छ । साथै दुई ढोका भएको नयाँ रेफ्रिजेरेटरबाट २६ प्रतिशतसम्म विद्युत् खपत कम गर्न सकिने कम्पनीले जनाएको छ । 'ग्राहकलाई कम विद्युत् शुल्क तिरेर धेरै सामान अटाउन सक्ने क्षमता भएको रेपि|mजरेटर उपलब्ध गराउन प्रयास गरेका हौं,' सामसङ इन्डियाका होम अप्लाइन्सेस उपाध्यक्ष महेश क्रिस्ननले भने । कम्पनीले कम घर्षणमा कपडा धुन र पानीको खपत ३० प्रतिशतसम्म कम गर्ने गरी वासिङ मेसिन सार्वजनिक गरेको छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टम सहित ग्यालेक्सी ट्याब ३१० पनि कम्पनीले बजारमा ल्याउने भएको छ । आइस क्रिम स्यान्डबिच पनि भनिने यो ट्याबबाट ४ लाखभन्दा बढी एप्लिकेसन चलाउन सकिने सुविधा छ ।
सामसङ नोट प्रयोकर्ताका लागि कम्पनीले एङ्री बर्ड गेम सँग सम्झौता गरेको छ । जस अनुसार उक्त गेम सार्वजनिक हुनुअघि नै नोटमा चलाउन सकिने छ । २०११ मा २ अर्ब थान बिक्री भएको सामसङ नोट २०१२ मा १० अर्ब बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले ग्यालेक्सी बिम नामक नयाँ फोन पनि सार्वजनिक गरेको छ । यो फोनबाट प्रयोगकर्ताले प्रोजेक्टरको काम पनि गर्न पाउने भएका छन् । 'यसबाट भिडियो क्लिप, नक्सा, व्यावसायिक योजना, गेम लगायत विभिन्न वस्तु सेयर गर्न सकिने छ,' सामसङ इन्डियाका मोबाइल र आइटी प्रमुख रन्जित यादवले भने । उच्च गुणस्तरको ५० इन्चसम्मको तस्बिर यसले दिन सक्ने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment